टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर अब नेपाली बजारमा
जानकारी केन्द्र । नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले जेनभोल्टज जेनेरेटरलाई नेपाली बजारमा भित्राएको छ ।
भारतमा रहेको अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्र (आरएनडी सेन्टर)मा डिजाइन, परिक्षण र निर्माण गरिएको उक्त उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको जनाइएको छ । जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो रहेको कम्पनीले जनाएको छ ।
विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटरको क्षमता २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट छ । साथै, यस जेनेरेटरमा म्यानुअल एवम् अटोमेटिक दुवै मोड पाइन्छ ।
त्यस्तै, नेपालको उद्योगीकरणलाई यसले निरन्तर विद्युत प्रवाह गरी नयाँ दिशातर्फ लाने अपेक्षा गरिएको छ । ऋएऋद्य २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले कम इन्धन खपत गरि उत्कृष्ट कार्य क्षमता देखाउने जनाइएको छ ।
यो उत्पादन निर्माण एवम् पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग तथा विद्यालयहरुलाई उपयोगी हुने देखिन्छ । इन्जिनको आयु लामो भएको यो उत्पादन सुरक्षित र टिकाउ पनि छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


