Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज यी प्रदेशहरुमा भारी वर्षा हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १
आज यी प्रदेशहरुमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको देखिएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

यसैगरी, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशकाका एक वा दुई स्थानमा भने भारी वर्षा हुने अनुमान छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहँदा उक्त प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव अर्थात डेब्रिस फ्लोको जोखिम रहेको जनाउँदै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुन सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स