खोडपेमा खानेपानीको अभाव, यस्तो छ अवस्था?
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा पाँच दिनदेखि खानेपानीको चरम अभाव भएको छ ।
सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि खानेपानीको अभाव छाएको हो । खानेपानी योजनाका सचिव मोहन बिष्टले लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको जनाए ।
यहाँका होटेल, कार्यालय तथा यात्रुहरुलाई पनि खानेपानीको अभावले क्षती पुगेको छ । समस्या समाधानको लागि पहल भइरहेको जनाउँदै पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश बिष्टले भने, ‘विद्युतीय समस्याका कारण खानेपानी बन्द भएको हो । कम भोल्टेजको विद्युत् प्रवाह भइरहेको हुनाले मोटरले काम गरेको छैन । विद्युत् वितरण केन्द्रलाई खबर गरेका छौँ, प्रविधिक टोली आएर मर्मत गरिरहेकाले छिट्टै समाधान हुन्छ ।’
पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति भइरहेको अवस्था छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


