भारतले चिनी निर्यात रोके पनि नेपाली बजारमा अभाव नहुने
काठमाडौं । भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा पछिल्लो १५ दिनमै किलोको २० रुपैँयाले चिनीको मूल्य बढेको छ ।
जुन १ तारिखदेखि भारतले चिनी निर्यातमा रोक लगाएको थियो । प्रतिकिलो रु. ९० पर्ने चिनी भारतको प्रतिबन्धछि रु. ११० पुगेको छ । बिहीबार यही विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल गरेको थियो ।
चिनीको मूल्यका विषयमा विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनी उत्पादकको उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताए । त्यस्तै, चिनी उत्पादक सङ्घका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेको असर ढुवानीमा परेको जनाइएको छ ।
सङ्घले उद्योगबाट प्रतिकिलो रु ९३.८३ मा चिनी बिक्री गर्ने गरेको जनाइएको छ ।
त्यस्तै, चिनी उत्पादक सङ्घले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने जनाए । चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको जानकारी दिइएको छ । चिनी उत्पादक सङ्घको तथ्याङ्कानुसार नेपालमा वार्षिक २ लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहन्छ । जसमा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ । नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


