दुई वर्षपछि हुन लागेको नाडा अटो शोको स्टल रजिष्ट्रेसन दुई दिनमै सकियो
जानकारी केन्द्र
२०७९, असार, ३
काठमाडौं । ‘नाडा अटो शो–२०२२’ को स्टल रजिष्ट्रेसन दुई दिनमै सकिएको छ । खासगरी, उक्त रजिष्ट्रेसन चार दिनका लागि खुल्ला गरिएको थियो ।
कोभिड–१९ संक्रमणका प्रभावले दुई वर्ष रोकिएको नाडा अटो शो आगामी भदौमा हुन लागेको हो । नाडा अटो शोप्रति अटोमोवाइल कम्पनीहरुको आकर्षणका कारण ४ दिनका लागि खोलिएको रजिष्ट्रेसन २ दिनमै सकिएको हो ।
यो वर्षको नाडा अटो शो अटोमोवाइल्स एशोसिएसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्ने जनाएको छ ।
असार २ गते बिहीबार स्टलका लागि आवेदन दिएका कम्पनीहरुमाझ गोलप्रथा भएको थियो । जसको आधारमा कम्पनीलाई स्टलको छनौट र बाँडफाँड गरिएको छ । यस वर्ष पृथक तरिकाले कमर्शियल भेकलका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन पनि राखिने जानकारी दिइएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


