मदन भण्डारी मेमोरियलको शिविरबाट ७३१ दाँत र आँखाका बिरामी लाभान्वित
काठमाडौँ । शनिबार मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविरबाट कुल ७३१ दाँत र आँखाका बिरामी लाभान्वित भएका थिए ।
उक्त कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो । शिविरमा २८४ जना दन्त सम्बन्धी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका थियो । त्यस्तै, कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले १२ जना मोतिबिन्दुका बिरामी पहिचान भएको र ५३ जना बिरामीले चस्मा लाउनुपर्ने बताए । साथै, उनले भने, ‘मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ ।’
शिक्षक शर्माका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका थिए । उनका अनुसार विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरु शिविरमा जचाउन आएका थिए । कलेजको विद्यार्थीबाहेक, शिक्षक, परिवारका सदस्यहरूले समेत उक्त शिविरबाट लाभ लिएको जानकारी छ ।
शिविर सफलतापूर्वक सम्पन्न गर्न तिलगंगा आँखा विज्ञान प्रतिष्ठान, समाज डेन्टल, युनिलिभर नेपाल लिमिटेड, स्थानीय स्वयंसेवक, लाभग्राही र कलेजका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरुको ठूलो भुमिका रह्यो । त्यस्तै, कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर शुक्रबार रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रममा कलेज परिसरकै विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए । जहाँबाट ९९ पिन्ट रगत संकलन भएको थियो ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु




