Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १६
६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ । माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स