Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कानुनी शिक्षा नै कानुनी शासनको आधार होः राष्ट्रपति भण्डारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १७
कानुनी शिक्षा नै कानुनी शासनको आधार होः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति भण्डारीले नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूले संविधान र कानुनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल ल क्याम्पस स्वर्ण सम्मानबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्राध्यापक डा. सूर्य सुवेदीलाई सम्मान गरिएको छ । नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै क्याम्पसले नेम्वाङलाई सम्मान गरेको हो । उनी नेपाल ल क्याम्पसका पूर्वविद्यार्थी र प्राध्यापक पनि हुन् ।

यसैगरी, सूवेदीलाई नेपालको जनमत संग्रहको बेला भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको ख्याति र गौरव बढाएको भन्दै सम्मान गरिएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स