Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आज हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १९
आज हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यसैगरी, कम्पनीको आईपीओमा नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन पाइनेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स