Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १९
नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति?

काठमाडौं । धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा मंगलबार एभरेष्ट इन्स्योरेन्स​ कम्पनी लिमिटेडको ६ प्रतिशत बोनस बापतको ७ लाख १० हजार एक सय ६२ दशमलव ६४ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५४ प्रतिशत बोनस बापतको ९ लाख ९७ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार संस्थाको ७० प्रतिशत बोनस बापतको ४२ लाख ५८ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । संस्थाको चैत्र २५ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने बोनस र ३.६८ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) गरि कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको २ लाख ९५ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स