आकर्शक छुटसहित रिप्पलको आधिकारिक शोरुम पूलचोकमा शूभारम्भ
ललितपूर, असार २० । आकर्शक छुटसहित रिप्पलको आधिकारिक शोरुम पूलचोकमा शूभारम्भ भएको छ । नेपाली ब्रान्ड रिप्पलको कम्प्युटर, ल्यापटप एवम् आवश्यक उपकरणको आधिकारिक वितरक कम्पनी एस्ट्रो आइसोलुसनले रिप्पलको कुनै पनि सामान खरिद गर्दा शूभारम्भको अवसरमा विशेष छुटको समेत व्यवस्था रहेको कम्पनीका सञ्चालक दिक्षित भट्टले बताउनुभएको छ ।
उक्त शोरुममा अत्याधुनिक टेक्नोलोजीसहितका कम्प्युटर ल्यापटप लगायत कम्प्यूटरसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध रहने जनाइएको छ ।
रिप्पलटेक नेपालकै पहिलो ल्यापटप ओइएम ब्रान्ड हुनका साथै स्टार्टअप कम्पनी रहेकाले सुलभ रकममा राम्रो ल्यापटप, कम्प्यूटर लगायत अन्य उपकरणहरु खरिद गर्न सकिने बताइएको छ । रिप्पलको पहिलो ल्यापटप रिप्पल आर्टिफ्याक्ट हो । त्यसपछि, कम्पनीले धेरै मोडलका ल्यापटपहरु सार्वजनिक गरिसकेको छ ।
अरु ब्रान्डको तुलनामा रिप्पलमा विशेष के छ भन्ने हाम्रो प्रश्नमा जवाफ दिने क्रममा रिप्पल कम्नीका सिइओ राहुल कायास्थलले नेपालको पहिलो इन्जिनियरिङ म्यानुफ्याक्चर कम्पनी रहेको र यस ब्रान्डका सामानहरु अन्यभन्दा सस्तो मूल्यमा बिक्रिवितरण गरिँदै आएको बताउनु भएको छ ।
रिप्पल कम्पनीको प्यान्डोरा, प्यान्डोरा क्रिएटर इडिसन्, आर्टिफ्याक्ट, आर्टिफ्याक्ट प्रो, रेज, रेज प्रो, जेनोस, जेनोस प्रो, नोभा, नोभा प्रो र नोभा प्रो राइजन मोडलका ल्यापटपहरु बजारमा उपलब्ध छन् । साथै, नेपालमा पहिलो पटक टुवेल्थ जेनरेशनको ल्यापटप भित्राउने कम्पनी पनि रिप्पल रहेको छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका


