२ जनामा ओमिक्रोनको नयाँ भेरिएन्ट पुष्टिसँगै संक्रमणको खतरामा नेपाल
काठमाडौं । नेपालमा दुई जनामा ओमिक्रोनको उपप्रजाति ‘बीए ५’ भेरिएन्ट पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयको प्रवक्ता डा. संगिता मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ३२ वटा नमुनको जीन सिक्वेन्सिङ परीक्षण गर्दा दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए ५’ पुष्टि भएको जनाए । उने प्रयोगशालामा हरेक दुई हप्तामा जीन सिक्वेन्सिङ गर्ने गरेको बताए ।
बाँकी २८ नमुनामा बीए प्वाइन्ट टू र दुई जनामा बीए प्वाइन्ट वान देखिएको छ । बीए प्वाइन्ट फोर र बीए प्वाइन्ट फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोना भाइरस संक्रमण दर विश्वभर पुनः बढिरहेको छ ।
उक्त भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो । छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा यो भेरियन्ट पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले उक्त उपप्रजातिहरूलाई मार्च महिनामा चिन्ताजनक भाइरस भन्दै निगरानीको सूचीमा राखेको थियो ।
कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनु पर्ने विज्ञहरूले सुझाव दिएका छन् । भाइरस ओमिक्रोन जस्तै सङ्क्रमण भएपनि यसअघिको अल्फा र डेल्टा जस्तो घातक नहुने जनाइएको छ ।
चिकित्सकका अनुसार ओमिक्रानका लक्षणहरु शरीर दुख्ने र असहज हुने, थकान महसुस हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, शरीर हल्का तातिएको महसुस हुने‚ नाकबाट पानी आउने र बन्द हुने‚ ज्वरो आउने रहेको छन् । खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेमा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


