सिलिगुडी-काठमाडौं बस सेवा सुरु
भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ ।
नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल-भारत मैत्री सेवा सम्झौताअनुरुप बस सेवा सुरु भएको हो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो ।
भारतको पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसनको मातहतमा रहने गरी अर्बान परिवहन सर्भिस प्रालिले भारतीय नम्बर प्लेटको सवारी साधनबाट सिलिगुडी९काठमाडौं बस सेवा सुरु गरेको हो ।
ग्रिनलाइन कम्पनीको एसोजडित सुविधा सम्पन्न डब्लु बी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गरेको हो । यसअघि नेपाल-भारतमैत्री बस सेवा सञ्चालन अन्तर्गत नेपाली नम्बर प्लेटको सवारीसाधनले निरन्तर सेवा प्रदान गरिरहेको छ । यो समाचार कारोबार दैनिकमा छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


