Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

‘नाइरोबी फ्लाइ’को संक्रमण बढदै, डराउन नपर्ने भन्छन् चिकित्सक..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २६
‘नाइरोबी फ्लाइ’को संक्रमण बढदै, डराउन नपर्ने भन्छन् चिकित्सक..

काठमाडौं । नाइरोबी फ्लाइ कीराको सङ्क्रमण बर्खायामसँगै बढ्दो देखिएको छ ।

नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको कीरा देखिएको छ । त्यस्तै, यसको संक्रमण झापा पनि देखिएको समाचाहरु पर्याप्त आइरहेको छ । यस्तोमा, मानिसहरुमा धेरै त्रास पनि फैलिरहेको छ । तर, चिकित्सकहरुले यस्तो यो कीराले जनस्वास्थ्यमा ठूलो रूपमा सङ्क्रमण नल्याउने बताएका छन् । यद्यपि, यसका लागि हामीले यसबाट बच्ने उपाय पनि ख्याल राख्नुपर्छ ।

यो किरा सानो भुसुना जस्तो हुने गर्छ र यसले टोकेर घाउ हुँदैन । बरु, यसलाई शरिरबाट फाल्ने क्रममा थिचिदा वा मिचिदा किरा किचिएर एसिड निस्किइ संक्रमण हुने बताइएको छ । किराभिर पेडेरिन तत्व एसिड हुन्छ । जुन हाम्रोमा पर्दा छालामा सङ्क्रमण हुन्छ । उक्त कीरालाई शरीरबाट फूकेर सजिलै फाल्न सकिन्छ ।

यसको टोकाइको लक्षण देखिएपछि भने आफूलाई सञ्चो नभएमा नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्ने जनाइएको छ । यी किरा प्रायः सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा देखिने गर्छन् ।

कीराबाट हुने सङ्क्रमण गम्भीर भए पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स