प्रश्नपत्र हुबहु बनाउनेले ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउन नपाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउने शिक्षकहरुलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ ।
रजिष्ट्रारको कार्यलय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकाल्दै विश्वविद्यालयमा ती दुई प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकहरुलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने जनाएको छ । उनीहरुलाई ३ वर्षसम्म डीन कार्यलयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्र्तगतका कुनै पनि आंगिक क्याम्पसहरुमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने विज्ञप्तिमा उल्लेख छ ।
बीबीए छैटौं सेमेष्टर अन्र्तगत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाईजेशनल बिहेभियर’ अन्र्तगतको परीक्षामा नीजि कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेष्टर अन्र्तगत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचौ सेमेष्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।
उक्त विज्ञप्तीमा अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषयहरुको लागि भने परीक्षा सम्बन्धी निर्देशिकामा समेत स्पष्टता नभएकोले यसपटकलाई प्रश्नपत्र निर्माण कार्यमा संलग्न विज्ञहरुलाई समेत गराउने उल्लेख छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


