Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सवारी साधन तोडफोड तथा आगजनी- जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २०
सवारी साधन तोडफोड तथा आगजनी- जानकारी केन्द्र

बिरगंजको जगनाथपुर चोक स्थित परवानीपुर–ड्राईपोर्ट सडक किनारमा रोकी राखेको ना.२ ख ४५५२ र ना.२ ख ५९७५ नम्वरको खाली ट्रकमा मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलबार राती आगजनी गरी क्षती पुर्याएका छन् । दमकलको सहयोगमा उक्त आगलागी नियन्त्रण गरेको नपाल प्रहरीले जानकारी दिएको छ ।

यस्तै गरेर रुपन्देही छिपागढ स्थित हुलाकी सडक खण्डमा नम्वर खुल्न नसकेको ५/६ वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले विवाहको दाइजो पुर्याई भैरहवातर्फ जाँदै गरेको लु.१ च ४२३८ नम्वरको जीपको अगाडीको सिसा तोडफोड गरी क्षती पुर्याउनुका साथै जिपमा सवार व्यक्तिहरुको २ थान मोवाइल र ७ हजार ५ सय रुपैयाँ समेत लुटेर भागेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
फरार व्यक्तिहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स