वैवाहिक अंगीकृतको बारेमा नागरिकता विधेयक किन बोलेन? – बिद्या भट्टराई
काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शुक्रबारको प्रतिनिधिसभामा सरकारले ल्याएको विधेयकका धेरै प्रावधानमा एमालेको असहमति रहेको बताइन् ।
उनले नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै वैवाहिक अंगीकृतको बारेमा विधेयक नबोलेकोले संशोधन गर्नुपर्ने बताइन् । त्यस्तै, उनले संविधानको धारा १२ मा व्यवस्था भएको वंशीय आधार र लैङ्गिक पहिचान सहितको नागरिकताको सवालमा पनि विधेयकमा स्पष्ट व्यवस्था नभएको बताइन् ।
उनले भनिन्, ‘नेपाली नागरिकसँग विदेशीले विवाह गर्ने हकमा हामीले २ वटा मान्यतालाई स्वीकार गर्नुपर्छ, पहिलो भनेको पारस्परिक समानताको आधार, दोश्रो भनेको अन्तर्राष्ट्रिय प्रचलन । यी दुवै मान्यतालाई यसले स्वीकार गरेको देखिएन् । यसको बारेमा पनि केही प्रश्नचिन्ह उठेका छन् ।’ उनले अहिले सरकारले ल्याएको विधेयकले पनि पितृसत्तात्मक सोचलाई मान्यता दिएको बताएकी छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


