आज साताको दोस्रो दिन पनि सेयर बजारमा सकारात्मक माहोल
काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा रोकिएको छ । नेप्से ०.९० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले बढेर ३८८.७६ विन्दुमा रोकिएको छ ।
यस दिन जम्मा २११ वटा कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर कारोबार भई १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रूपैयाँको कारोबार भएको छ । कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको सेयर घटेको छ । जसमा व्यापार र म्युचुअल फण्ड समूह घटेका पाइएको छ ।
आज शिवम् सिमेन्टले ९ करोड ३४ लाख ८१ हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ । त्यस्तै, यस दिन बरूण हाइड्रोका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता छन् । जहाँ सेयरमूल्य ५.९० रूपैयाँले घटेर ८ रूपैयाँ ७७ पैसामा पुगेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


