व्यावसायिक धर्म ननिभाएको भन्दै पूजासँग निर्माताको गुनासो
काठमाडौं । अभिनेत्री पूजा शर्मामाथि व्यावसायिक धर्म निर्वाह नगरेको आरोप लागेको छ ।
फिल्म ‘सम्झना बिर्सना’ को निर्देशक निमेष प्रधानले पूजाले फिल्मलाई साथ नदिएको गुनासो गरेका छन् । फिल्म चलाउन दार्जिलिङबाट काठमाडौं आइपुगेका निर्देशक प्रधानले भने, ‘आउँछु दाइ भनेर हिँडेको मान्छे फोन गर्दा एयरपोर्ट पुगेको छु भन्ने खबर आयो ।’ फिल्म हलमा ‘सम्झना बिर्सना’ मुस्किलले चलिरहेको समयमा पूजा भने अष्ट्रेलिया उडेकी छन् ।
दार्जिलिङमा रहेर नेपाली फिल्म निर्माणमा सक्रियता बढाउन तयार निर्माण पक्षले भने जति पारिश्रमिक दिएर पूजाकै आग्रहमा गीत थप्दा र डेट सार्दा समेत फिल्मको प्रचारमा भने जस्तो साथ नपाएपछि निराश बनेका छन् । उनीहरूले व्यावसायिकता फिल्मको व्यापारभन्दा कलाकारको व्यवहार प्रति असन्तुष्ट जनाएका छन् ।
पूजाकै निर्माण तथा अभिनय रहेको फिल्म ‘राम कहानी’ को समयमा दुई पटकसम्म भिसा रिजेक्ट भएको र यसपटक ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा सहभागी हुन् जाने सवालमा ढिला भिसा आएपछि उनी अष्ट्रेलिया पुगेकी हुन । साथै, आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको गुनासो छ । पूजाले फिल्मका लागि २० लाखको हाराहारीमा पारिश्रमिक बुझेकी थिइन् । त्यस्तै, प्रदर्शनकै साता पनि उनी म्युजिक भिडियोमा छायांकनमा रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


