Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

राजधानीको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ३
राजधानीको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास

काठमाडौं । राजधानीको जोरपाटीस्थित चामुण्डामा रहेको स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्दा ग्यास निस्किएको छ ।

प्रत्यक्षदर्शी केशव कुँवरले सोमबार विहान १०ः१० बजेदेखि उक्त स्थानमा ग्यास निस्किएको बताए । उनले बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको पनि बताए ।

दुर्घटनाबाट बचाउन प्रहरी र स्थानीयले उक्त क्षेत्रमा आगो बाल्न निषेध गरेको छ । यसअघि पनि राजधानीका विभिन्न क्षेत्रबाट बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचारहरु प्रकाशित छन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स