Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

झापामा आगलागीः ६ घर जलेर नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ४
झापामा आगलागीः ६ घर जलेर नष्ट

काठमाडौं । झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी भएको छ । जहाँ ६ घर जलेर नष्ट भएका छन् ।

बुधबार बिहान करिब ३ बजे अब्दुल करिम अलीको घरमा बिजुली सर्ट भई आगलागी भएको हो । अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ । प्रहरीले अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको बताएको छ ।

यसैगरी, प्रहरीले आगलागीमा घरसँगै अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पूर्ण रूपमा नष्ट भएको जानकारी दिएको छ
। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । उक्त आगो स्थानीयहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स