साउन महिनामा कुन राशीले कस्तो फल पाउने? शुभदिन, शुभरंग के..
काठमाडौं । धर्मशास्त्र अनुसार मानिसले विभिन्न ग्रहको प्रभावमा अनेकन फल पाइने गरिन्छ । जुन सकारात्मक पनि हुन सक्छ र नकारात्मक पनि । यही विषयमा हामीले २०७९ सालको साउन महिनामा कुनकुन राशीलाई कस्तो हुने रहेछ, लिएर आएका छौँ । आज हामी विषेश गरी तीन राशीको बारेमा चर्चा गर्नेछौँः
कर्कटः
वैदेशिक कामहरु सहज बनेर जानेछन् । कामनाहरु पूरा हुनेछन् । यो महिना विशेष लाभ लिन सक्ने देखिन्छ । जसकारण आयआर्जन पनि हुने देखिन्छन् । घरजग्गा, जमिन, भूमी, बाहन सम्बन्धी समस्याहरु सुल्झनेछन् । शत्रु नास हुने देखिन्छन् । प्रेम सम्बन्ध राम्रो हुँदै जाने देखिन्छ । अभुषण विक्रेता, डेकोरेशन, मोडलिङ, पर्यटन, राजनितीक, गीतसंगीत लगायत क्षेत्रमा रहनेलाई विषेश राम्रो हुनेछ । कृषि क्षेत्रमा हुनेलाई पनि यो महिना अति राम्रो छ ।
२० गतेदेखि भने केही कठिन हुने योग छ । त्यस्तै, बुध ग्रहको असरले पत्रकारिता, मोबाइल सम्बन्धित काम, ड्राइभिङ क्षेत्रमा अलि नकारात्मक असर गर्ने देखिन्छ । सचेत रहनुपर्नेछ । यद्यपि, १५ गतेदेखि उता भने लाभ लिन सकिनेछ । भगवान श्री कृष्णको मन्त्र जप्दा, हरिया बोटविरुवामा पानी चढाउँदा तथा मन्दिर घुम्दा अधिक फाइदा हुने जनाइएको छ ।
सेनापुलिस क्षेत्रमा पनि चोटपटक देखिनेछ । पेटको समस्याले सताउन सक्ने योग छ । त्यस्तै, पठनपाठनमा मन जाँदा राम्रो फल पाइने देखिन्छ । यात्राहरुको मौका मिल्न सक्छ । महिनाको सुरुवाती चरणमा स्वास्थ्यमा सचेत रहनुपर्नेछ । त्यस्तै, यस अवधिमा खर्च पनि बढ्न सक्ने देखिन्छ । सूर्यलाई विहान जल दिने र सूर्यको किरण लिँदा राम्रो हुनेछ ।
शुभदिनहरुः ५ गते ९ गतेसम्म, १२ गतेदेखि १७ गतेसम्म, २२ देखि २४ सम्म, २६ गते, २७ गते
शुभरंगः रातो
शुभअंकः १
शुभदिशाः पश्चिम
इष्टदेवताः सरस्वती
सिंहः
यो महिना पैसा उठाउन सकिने तथा लक्ष्मी भित्रिने योग छ । परिवारमा र प्रेम सम्बन्ध सुमधुर बनेर जानेछ । धार्मिक क्षेत्रमा रुचि बढ्ने तथा हिम्मत आँट बढेर जानेछ, यो महिना सिंह राशीको लागि । अभुषण तथा वस्त्र विक्रेता, ब्युटि पार्लर सञ्चालक, व्यापारीहरु, मोडलिङ, गीतसंगित, लगायत क्षेत्रमा रहेकालाई धेरै राम्रो हुने देखिन्छ ।
बुध ग्रहले गर्दा खर्च बढ्ने देखिन्छ । नयाँ सामान जोड्दा ध्यान दिनुपर्ने छ । सेनापुलिस, जुडो खेलाडी, मोबाइल विक्रेता, ड्राइभिङ, पत्रकारिता, लेखन सम्पादन, आविष्कार, अनुशन्धान क्षेत्रमा केही अप्ठ्यारो समय रहेको देखिन्छ । सचेत र उच्च मनोबल साथ अघि बढ्दा राम्रो होला । वृद्धाहरुको स्वास्थ्यमा ध्यान पुर्याउनपर्ने समय छ । रगत तथा हड्डी सम्बन्धी रोगहरु देखा पर्न सक्नेछन् । हनुमान चालिसा पढ्ने तथा गण्ेश भगवानको पूजा अराधना र दुवो चढाउनाले राम्रो फल दिन सक्ने देखिन्छ । सूर्यलाई जल दिन राम्रो मानिन्छ ।
कृषि क्षेत्रमा रहेका र विद्यार्थीहरु धेरै घोटिन पर्ने समय छ ।
शुभदिनः १ गते, २ गते, ८ गतेदेखि ११ गतेसम्म, १५ देखि २० गतेसम्म, २४ देखि २७ गतेसम्म, २९ गते
शुभअंकः ३
शुभरंगः पहेँलो
शुभदिशाः दक्षिण
इष्टदेवताः माता लक्ष्मी
कन्याः
आयआर्जन वृद्घि हुने समय छ । दाजुभाई तथा बन्धुहरुबाट राम्रो हुनेछ । धार्ममा मन जाला । सुन, चाँदी, पित्तलका काम गर्नेले, राजनिती, तेलग्याँस व्यापारी, सरकारी तथा प्राइभेट कर्मचारीहरु, विद्युतीय व्यापारीहरुलाईृ धेरै राम्रो छ । लाभ मिल्नेछ । हड्डी तथा आँखाको समस्या हटेर जानेछ ।
जाँगर मरेर जान सक्ने देखिन्छ । अध्यात्म क्षेत्रका, सेनापुलिश, आगो तथा औजार सम्बन्धी काम गर्नेहरुलाई यसको प्रभाव अलि धेरै पर्ने देखिन्छ । काममा सचेत हुनपर्ने छ । कान र छालाको सम्स्या देखिने योग छ । लेखनसम्पादन, पत्रकारिता, मोबाइल विक्रेता, ड्राइभिङ क्षेत्रकाहरुले १५ गतेसम्म धेरै लाभ लिन सक्नेछन् ।
व्यापारीहरु, पर्यटन तथा मोडलिङ क्षेत्रकाहरुले २० गते उता धेरै लाभ लिन सक्ने देखिन्छन । जग्गा, भुमीहरुबाट लाभ लिन सकिनेछ ।
शुभदिनः १ गतेदेखि ४ गतेसम्म, १० गतेदेखि १३ गतेसम्म, १७ गतेदेखि २० गतेसम्म, २२ गते, २३ गते, २९ देखि ३१ गतेसम्म
शुभअंकः २
शुभरंगः सेतो
शुभदिशाः पूर्व
इष्टदेवताः भगवान शिव जी
सम्बन्धित समाचार
२०८३ भदौं १० गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ६ गते शनिवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

