नर्भिक अस्पतालले हडपेको सरकारी जग्गा खालि गराउँदै दुई मन्त्री
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अनधिकृत हडपेको सरकारी जग्गा खाली गराउन दुई मन्त्री लागि परेका छन् । यही क्षेत्रबाट निर्वाचित बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठबीच नर्भिकले हडपिएको सरकारी जग्गा फिर्ता ल्याउने बारे छलफल भएको छ ।
नर्भिक अस्पताल गत २० वर्षदेखि वसन्त चौधरीलगायतको स्वामित्वमा रहेको छ । पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उक्त सरकारी जग्गामा डोजर चलाउन भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । पर्यटनमन्त्री श्रेष्ठले मालपोत र स्थानीय तहले रेखाङ्कन गरिदिए आफ्नै नेतृत्वमा नर्भिकले हडपेको सरकारी जग्गा खाली गराउने बताए । नर्भिकले हडपेको उक्त जग्गामा स्वास्थ्य पार्क बनाउने श्रेष्ठको योजना छ ।
भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले पनि छलफलको क्रममा उक्त जग्गा संरक्षण गर्ने आफ्नो मुख्य एजेण्डा रहेको र यसलाई फिर्ता ल्याउन विशेष भूमिका खेल्ने जनाएकी छन् । उक्त १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा नर्भिक अस्पतालले अनधिकृत भाडामा हत्याएको पाइएको छ । मन्त्रिपरिषद्को निर्णयपछि मात्र सरकारी जग्गाहरु भाडामा लिन सकिन्छ । तर नर्भिक अस्पतालले उक्त जग्गा भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँगको मिलेमतोमा अनधिकृत रुपमा भाडामा लिने सम्झौता गरेको खुलेको छ ।
अख्तियारको दुरुपयोग गर्दै तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटीले मिलोमतोमा ‘प्राइम लोकेसन’को डेढ रोपनी सरकारी जग्गा नर्भिक अस्पताललाई भाडामा दिने सम्झौता गरेको देखिन्छ । भूमि व्यवस्थापन विभागका अधिकारीहरू आर्थिक चलखेल आधारमा यस्तो बदमासी भएको हुन सक्ने बताउँछन् । भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले यसबारे छानबिन गरिने र दोषीलाई कारबाही गरिने जनाएकी छन् ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

