शेयर बजारमा ६१ अंकको वृद्धि
काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मौद्रिक नीति आउने दिन शुक्रबार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अंकले बढेको हो।आइतबार नेप्से परिसूचक ६१।०५ अंकले बढेर २०७८।५१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२ । ०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४।०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४।३९ अंक बढेको छ ।
आइतबार कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकमसमेत वृद्धि भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७।२२ प्रतिशतले बढेको छ ।
त्यस्तै, अन्य उपसमूह ६।९३ प्रतिशत, विकास बैंक ५।१ प्रतिशत, माइक्रोफाइनान्स र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९।६ प्रतिशत बढको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्सको ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिमभार १५० बाट घटाएर १ सय कायम गरेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


