Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरमा ६५ करोडको उद्योग खुल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १२
फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरमा ६५ करोडको उद्योग खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार ६५ करोडको लगानीमा फोहोरमैला व्यवस्थापन गर्ने आधुनिक उद्योग खोल्ने जनाएको छ ।

महानगरले फोहोरलाई मल बनाउन कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्चिने निर्णय गरेको हो । साथै, फोहोरमैला व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च हुनेछ । महानगरले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो ।

फोहोर बोक्ने गाडी धुने वासिङ सेन्टर निर्माण गर्न पनि १ करोड बजेट छुट्टयाइएको छ । त्यस्तै, महानगरले कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सहुलियतमा कम्पोष्ट विन वितरण गर्न ४० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स