प्रधानमन्त्री देउवा र अमेरिकी नेता लुबीच आज भेटवार्ता..
काठमाडौं । आज दिउँसो साढे ३ बजे नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने जनाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देश सञ्चारलाई जानकारी दिए । हिजो नेपाल भ्रमणमा आएका लुले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन् । उनले आजै परराष्ट्रमन्त्री डा। नारायण खड्का सँग पनि भेटवार्ता गर्ने जनाईएको छ ।
नेपालमा अमेरिकी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)’ को मुद्दा पेचिलो बनिरहेका बेला लु नेपाल भ्रमणमा आएका हुन् । उनी हिजो काठमाडौँ आइपुगेका थिए । विदेशमन्त्री लु एमसिसी पास गर्नुअघि पनि नेपाल आएका थिए । एसपिपी अघि नबढाउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको महिना दिन नाघिसक्दा पनि स्वीकार गर्न दबाब दिँदै आएको अमेरिकाका उच्च प्रतिनिधि नेपालमै आएर उच्चस्तरीय भेटवार्ता गर्न थालेपछि आशंका उब्जिएको छ ।
नेपालले एसपिपी स्वीकार नगर्ने भनेर मन्त्रिपरिषद बैठकबाटै निर्णय गरे पनि औपचारिक रुपमा पत्र भने पठाएको छैन । सरकारले यसको दोष परराष्ट्र मन्त्रालयलाई पन्छाउँदै आएको छ भने परराष्ट्र पनि एसपिपीको पत्र पठाउन बाहिर भनिएजस्तो सहज नभएको प्रतिक्रिया दिइरहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


