साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब १९ करोडमाथि कारोबार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १२.९२ अंकले बढेर २,१४०.३९ को विन्दुमा पुगेको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २१६ वटा कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन हाइड्रोपावर समुह, निर्जीवन बीमा समृह र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसैगरी, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँको, नागरिक लगानी कोषको ७ करोड ७९ लाख रुपैयाँको र महालक्ष्मी विकास बैंकको ६ करोडमाथि शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.८४ प्रतिशतका दरले र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुमाउनेमा बुद्ध भुमि हाइड्रोपावरका लगानीकर्ता छन् । जसले ३ प्रतिशतका दरले गुमाएका छन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


