Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

जुम्लाको गाडी दुर्घटनामा एकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १५
जुम्लाको गाडी दुर्घटनामा एकको मृत्यु

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटनामा परी एक व्यक्तिले ज्यान गुमाएका छन् ।

विहान करिब साढे ६ वजे दुर्घटना भएको हो । मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । गाडी सुर्खेतबाट मुगुका लागि छुटेको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको बताएका छन् ।

कानकासुन्दरी गाउँपालिका १ जुम्लाका ड्राइभर दलबहादुर बुढा अनुसार ड्राइभर घाइते छन् । उनलाई प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । गाडीमा सवार रहेका ५ यात्रु भने सकुशल रहेको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स