धनगढीमा सेवा बन्द गरी विद्युतीय रिक्सा चालक आन्दोलित
काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विद्युतीय रिक्साचालकहरु सेवा बन्द गरी आन्दोलन गरीरहेका छन् ।
यातायात व्यवस्था कार्यालयले विद्युतीय अटो रिक्साचालक अनुमती पत्रको आवेदन नखोल्ने तर ट्राफिक प्रहरीले भने लाइसेन्स नभएको भन्दै ५ सयदेखि १५ सय रुपैयाँ दैनिक जरिवाना काट्न थालेपछि रिक्साचालकहरु आन्दोलित भएका हुन् । चालकहरु धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लाममा राखी विहानैदेखि प्रदर्शनमा छन् ।
विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने, लाइसेन्स वितरणको प्रक्रियामा जानुपर्ने माग राख्दै आन्दोलन गर्न परेको बताए ।
संघका अध्यक्ष जोशीले माग सम्बोधन नभए अनिश्चितकालीन आन्दोलनका कार्यक्रम ल्याउने समेत चेतावनी दिए । हाल धनगढी उपमहानगरपालिका कार्यालयमा उक्त मागबारे छलफल भइरहेको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


