आज नेप्से २.८१ अंकको गिरावट
काठमाडौं। आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। गत मंगलबारपछि लगातार बढीरहेको बजारमा आज लगानीकर्ताहरूले प्रोफिट बुक गर्दा करेक्सन देखिएको हो। यो एक हप्तामा नेप्से १०५.२७ अंकले बढेको थियो । त्यसपछि आज २.८१ अंकले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा झरेको छ।
नेप्से ०.१३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०१ अंकले घटेर ४२१.१३ विन्दुमा झरेको छ । कूल २१७ वटा कम्पनीको ७८ लाख १३ हजार एक सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहबाहेक सेयर बढेको छ। बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ।आज पनि शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोड ३२ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
मंगलबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन्ध्याबासिनी हाइड्रोपावर, सामलिङ्ग पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। संस्थाको सेयरमूल्य ४.२४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ८८ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


