Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

राप्तीमा भाइरल ज्वरो बढेसँगै विद्यालय ७ दिन बन्द हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १८
राप्तीमा भाइरल ज्वरो बढेसँगै विद्यालय ७ दिन बन्द हुने

काठमाडौं । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै राप्ती गाउँपालिकाले ७ दिन विद्यालय बन्द गरेको छ ।

मंगलबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिकले विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढ्ने जोखिम भएपछि हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको बताए ।

गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्दको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई आग्रह गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स