राष्ट्रिय बीमा कम्पनी नवौ वर्षमा प्रवेश
काठमाडौं। राष्ट्रिय बीमा संस्थान आठौ वर्ष पुरा गरी नवौ वर्षमा प्रवेश गरेको छ । तर राष्ट्रिय बीमा कम्पनी वास्तविक स्थापन भने २०२४ सालमै भएको थियो । यसको सम्बन्ध राष्ट्रिय बीमा संस्थान सँग सम्बन्धित छ । देशमा बीमा व्यवसाय स्थापना गरी पूँजी निर्माण गर्न नेपाल सरकारको लगानीमा वि।सं। २०२४ साल पुस १ गते राष्ट्रिय बीमा संस्थान (प्रा।लि।) को स्थापना भई सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार सुरु भएको थियो।
यहि अवसरमा कम्पनीले आज केन्द्रिय कार्यालयमा वार्षिकोत्सव समारोह आयोजना गरेको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष तथा कार्यकारी निर्देशक सहित सञ्चालकहरुको उपस्थिति रहेको छ ।
२०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि राष्ट्रिय बीमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो । बीमा व्यवसाय व्यवस्थित तथा नियमित गर्न बनेको बीमा ऐन, २०४९ को दफा १२ मा जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमकले समितिले तोकेको मितिदेखि तोकिए बमोजिम जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग–अलग संस्थाका रूपमा कार्य गर्नुपर्नेछ ।’ भन्ने व्यवस्था पछि राष्ट्रिय बीमा कम्पनीले कम्पनी ऐन २०६३ अन्तर्गत रही वि।सं। २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते बीमा समितिबाट निर्जीवन बीमकको इजाजत पत्र प्राप्त गरी साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । यसैलाई आधार मानेर आज कम्पनीले नवौ वार्षिकोत्सव मनाएको हो ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपाल सरकारको स्वामित्व प्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी हो । आन्तरिक स्रोत र साधनहरूको परिचालन मार्फत अर्थतन्त्र गतिशील बनाउने, बीमा सेवाको माध्यमबाट आर्थिक जोखिम व्यवस्थापन गर्ने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य अनुसार कम्पनीले विगत ५५ वर्षदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरू, सार्वजनिक संस्थानहरू, निजी व्यावसायिक प्रतिष्ठानहरू र सर्वसाधारण जनतालाई विभिन्न बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
फलस्वरूप नेपाली बीमा बजारको विकास एवं विस्तारमा कम्पनीको नेतृत्वदायी भूमिका रहेको छ । सरकार, निजी क्षेत्रका प्रतिष्ठानहरू र सर्वसाधारण जनताको विश्वास एवं भरोसाले बीमा बजारमा प्रतिस्पर्धा हुँदाहुँदै पनि व्यावसायिक एवं ग्राहकमुखी कार्यशैली र बीमितहरूको चाहना एवं आकाङ्क्षा अनुरूप उच्च स्तरको सेवा प्रवाहका कारण व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


