मासिक १ अर्ब २७ करोड घाटा छ, पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन-आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो । निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।
यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो । जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
यस्तै, यही अगस्तमा आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ घाटा रहेको बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । सोहीकारण, अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


