‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन गर्ने,बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले
काठमाडौं। लक्ष्मी क्यापिटल लिमिटेडले बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाइ १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्काशन गर्न लागेको हो।
यसमध्ये १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक लक्ष्मी बैंकले बीउ पुँजीको रुपमा लगानी गर्नेछ भन बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन सक्नेछन्।
साउन १९ गते आज, बिहीबारबाट निष्काशन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


