Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नेपाल प्रहरीको निःशुल्क बस सेवा, यसरी संचालन हुने – जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २५
नेपाल प्रहरीको निःशुल्क बस सेवा, यसरी संचालन हुने – जानकारी केन्द्र

इन्धन अभावको कारण सवारी आवागमनमा कठिनाई भएको अवस्थामा नेपाल प्रहरीले आमनागरिकको सहजताका लागि दैनिक एकपटकका दरले ३ रुटमा निःशुल्क बस संचालन गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
पहिलो रुटको बस बिहान ११ बजे नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुलचोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै दिउसो १:३० बजे पुनः नक्सालसम्म सेवा प्रदान गर्नेछ ।
यसैगरी दोस्रो रुटको बसले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी मैतीदेबी, गौशला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै दिउसो २ बजे पुनः नक्सालसम्म सेवा पुरयाउने छ ।
यसैगरी तेस्रो रुटको बसले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी जय नेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातो पुल हुँदै दिउसो १:३० बजे पुनः नक्साल पुगेर सेवा पुरयाउने  छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स