Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २०
ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर।  नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स