Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आमाको उपचारका लागि सडकमा भौतारिँदै बालक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २१
आमाको उपचारका लागि सडकमा भौतारिँदै बालक

काठमाडौं । काठमाडौंको बसाइँ भनेपछि सधैं सधैंको हतार त हुने नै भयो । आज पनि म हतार हतारमै निस्केको थिए । गाडीमा चडेपछि एक बालक देखे जो सबैसँगै माग्दै हिडिरहेका थिए । लगाउनलाई खुट्टामा चप्पल थिएन, हाँस्नलाई बहाना थिएन । मनभरी पीडा र बेचैनी प्रस्त देखिन्थ्यो ।

बुझ्दै जाँदा थाहा भयो, आमा अस्पतालको सैयामा छट्पट्याइरहेकी थिइन्, अबोध बालक सडकमा उपचारका लागि पैसा माग्दै काठमाडौंको सडकमा भौतारिरहेका थिए । आफू सानैदेखि लडिबुडी खेल्दै हुर्किएको उसको प्यारो घर जलेर खरानी भएपछि उनी र उनको परिवारसँग बचेको एउटै कुरा थियो ‘आजको छाक कसरी टार्ने भन्ने चिन्ता तर आमालाई मुटुको रोग देखिएपछि पीडा माथि पीडा थपिएको थियो ।’

सलार्ही घर बताउने बालकले स्कुल छाडेको ७र८ महिना भइसकेको छ । घरमा आगलागी भएपछि परिवारमा खान लाउन नै गाह्रो भयो । मजदुरी गरेर पेट पाल्दै आएका बाबुआमाको सम्बन्ध बिग्रियो । दैनिकी नर्क नै बन्यो, बाबु पनि परिवार छाडेर बेपत्ता भए ।

आमालाई मुटुको रोग लागेपछि त झन् सम्पूर्ण जिम्मेवारी बालकमा आइपुग्यो । त्यसपछि उनी काठमाडौंका सडकमा माग्दै हिडिरहेका छन् । पैसा पाएका दिन पेटभर खान पाउँछन् । आमाको उपचारका लागि पनि छुट्याउँछन् । उनी ‘आमाको उपचारका लागि पैसा दिनुस्’ भन्दै मागीरहेका हुन्छन् ।

दिनभरि मागेर जे जति रुपैयाँ जम्मा हुन्छ, त्यो सबै आमालाई बुझाउँछन् । अस्वस्थ आमाको सहारा बनेका बालक भन्छन् ‘काम गर्‍यो साहुले तलबै दिँदैनन्,’ उनी भन्छन्, ‘आमालाई पनि हेर्नुपर्यो, उपाय नलागेपछि माग्न थालें ।’

naima expoTop Changing Nepal

युट्युब सट्स