आरजुलाई डडेलधुराबाट चुनाव लड्न देउवाको प्रस्ताव, आरजुको ध्यान बर्दिया-२ मा
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा शीर्ष नेताहरु को ? कहाँबाट चुनाव लड्ने भन्ने विषय आम चासोको विषय बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक पत्नी डा। आरजु राणा देउवालाई आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्न आग्रह गरेका छन् । तर, आरजुले भने आफू डडेलधुरा नजाने बताएको स्रोतको दाबी छ ।
कांग्रेसनिकट उच्च स्रोतले भन्यो,‘यसपटक सभापतिज्यूले आफ्नो धर्मपत्नी आरजुलाई डडेलधुराबाट चुनाव लड्न आग्रह गर्नुभएको छ, उहाँले जसरी पनि आरजुलाई जिताएर ल्याउने भन्दै यस्तो गर्नुभएको छ । तर, आरजुले भने बर्दिया–२ बाट चुनाव लड्ने तयारी गर्नुभएको छ ।’ आगामी निर्वाचनपछि सरकारको नेतृत्व लिनेगरि आरजुले तयारी थालेको चर्चाको बीच उनी निर्वाचन जित्ने सुनिश्चित् भएको सेफ जोनको खोजीमा लागेकी छिन् ।
उनले आफ्नो माइतीको पुर्खौली जिल्ला बदिया ताकेको चर्चा चलेको छ । उनले बर्दिया २ बाट यसपटक उम्मेद्धवारी दिने तयारी गरेकी छिन् । यो क्षेत्रबाट ०७४ मा सन्तकुमार थारुले चुनाव जितेका थिए । सभापति देउवाले भने आफू आरजुलाई डडेलधुरा छोडेर कैलाली वा कञ्चनपुर आउन तयार रहेको बताएका थिए । तर, आरजुले नै डडेलधुरा छोडेर बर्दिया रोजेपछि अहिले कांग्रेस शीर्ष नेताहरु सोहीअनुसार छलफलमा जुटेका छन् ।
देउवाले आरजुलाई पार्टी र सरकार दुवैमा फष्ट पोष्टमा पुर्याउनेगरि मुभ गरेका छन् । चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि आरजुको नेतृत्वमा आलोपालो सरकार बनाउनेसम्मको सहमति भएको चर्चा चल्नु र चुनाव जित्नको लागि आरजुले सेफ जोन खोज्नु संयोगमात्रै हो कि नियोजित भन्ने चुनावपछि थाहा हुनेछ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


