Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बसुन्धारा क्षेत्रका अनधिकृत संरचनामा चल्यो डोजर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२
बसुन्धारा क्षेत्रका अनधिकृत संरचनामा चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ। बुधबार बिहानै महानगरको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको हो । त्यस्तै सो क्षेत्रमा नक्सापास विपरित बनाइएका घर टहराका साथै सडक मिचेर बनाइएका कम्पाउण्ड पनि महानगरले भत्काएको छ भने सडक छेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ । महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो । त्यस्तै व्यापारिक भवनको बेसमेन्टमा पार्किङ उल्लेख गरेर नक्सा पास गरिए पार्किङ नराखिएका संरचना हटाउने अभियानलाई महानगरले जारी राखेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स