छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । सुनसरी, कपिलवस्तु, इलाम र चितवनमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानीमा प्रदेश नं।१–०४–००१ प ८१३८ नम्बरको मोटरसाइकल को।१ च ७१८६ नम्बरको पिकअपमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका–२ बस्ने २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारास्थित सडकमा लु।२९ प ४०४३ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्घाखाँची शितगंगा नगरपालिका–१३ बस्ने २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । इलामको रोङ गाउँपालिका–४ भालुझोडामा मे।१ क ६५४ नम्बरको मिनी ट्रकलाई ओभरटेक गर्ने क्रममा मे।४ प ८३५५ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्योदय नगरपालिका–४ बस्ने ३९ वर्षीय रत्न कुमार थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा ना।४६ प ३७९३ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


