अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी, दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गरिँदै
काठमाडौं । तेल उत्पादक तथा वितरक मुलुकहरुको संगठन ओपेक प्लसले आगामी अक्टोबरदेखि दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको ओपेक प्लसको बैठकले आगामी महिनादेखि उत्पादनको लक्ष्यमा प्रतिदिन १ लाख ब्यारेल कटौती गर्ने निर्णय गर्दै आवश्यक परेका बेला ओपेक प्लस र गैरओपेक मुलुकको मन्त्रिस्तरीय बैठक बोलाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा घट्दै गएको कच्चा तेलको भाउलाई स्थिर राख्ने लक्ष्यस्वरुप ओपेक प्लसले उत्पादन घटाउने लक्ष्य लिएको हो । सेप्टेम्बर महिनामा भने अगस्टको तुलनामा प्रतिदिन १ लाख ब्यारेल नै उत्पादन थपिएको थियो । त्यहीं परिमाण अक्टोबरमा कटौती हुने भएको हो ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घट्ने क्रम जारी छ । मंगलबार १२:४० बजेसम्म डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५.६९ डलरमा झरेको छ भने ब्रेन्ट कच्चा तेलको ९१.७५ र मुर्बान तेल प्रतिब्यारेल ९४.४० डलरमा झरेको छ । अघिल्लो दिनको तुलनामा डब्लूटीआई, ब्रेन्ट र मुर्बान तेलको मूल्य क्रमशस् १.४, १.२ र २.६६ प्रतिशतले कम हो । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य साढे ३ महिनामै झण्डै ४० डलरले घट्नुलाई ठूलो गिरावट मानिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाल आयल निगमलाई पनि भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँछ । आयल निगमले सोअनुसार यहाँ मूल्य समायोजन गर्नुपर्दछ । यद्यपि पछिल्लो पटक निगमले आफ्नो पहिलेको घाटा देखाउँदै घट्दा मूल्य नघटाउने तर बढ्दा बढाउने गरेको छ । कच्चा तेलको मूल्य घटेमा यहाँ पनि डिजेल तथा पेट्रोलको भाउ घट्न गइ समग्र महँगी नियन्त्रणमा समेत सघाउ पुग्नेछ । कच्चा तेलको मूल्य घट्नु नेपालको समग्र अर्थव्यवस्थाका लागि फाइदा हुनु हो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


