अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित धादिङ गल्छी नगरपालिका-२ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग।२ ख ५५२ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका संचालक धनपति सुवेदीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १ सय ३० मिलिग्राम र सोही नगरपालिका-५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, भिमफेदी गाउँपालिका-१ बागझोराबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६० किलोग्राम सहित चितवन भरतपुर महानगरपालिका-१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा-२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेपछि बागझोराबाट कारलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । साथै कारमा सवार हाल फरार अन्य १ जनाको प्रहरीले
खोजी गरिरहेको छ।
उदयपुर, लिम्चुङबुङ गाउँपालिका(३ बाराहाबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लिमचुङबुङबाट खटिएकोप्रहरीलाई देख्नासाथ स।५ प २९२६ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपछि मोटरसाइकलमा लोड गरी ल्याएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । फरार मानिसको खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

