दसैँका लागि आजदेखि नयाँ नोट बजारमा पठाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो । पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख जानकारी दिए ।
यस्तै विकास बैंकहरुलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यसैगरी क्रमशस् नयाँ नोट उपलब्ध गराउँदै जाने विभागका प्रमुख जानकारी दिए। सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएपनि दोहोर्याएर साट्न आउनेलाई समेत कुनै रोकतोक नहुने बताए ।
बैंकमा पर्याप्त पैसा भएकैले बजारको मागका अनुसार नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागिएको नेपालको भनाइ छ । यस वर्षका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ। तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सकिने नेपालले बताए । सर्वसाधारणले नयाँ नोट सबै बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरुबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


