राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने, महाभियोग फेश गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ ।’ उनले राष्ट्रपति भण्डारी महाभियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए ।
यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठबन्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणको लागि पठाएको छ ।
राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहिक भेटवार्ता पनि गरेकी थिईन् । उक्त विद्येयकमा एमालेको विरोध छ । सत्ता गठबन्धनका नेताहरुले भने राष्ट्रपतिले अब विद्येयक प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउने गरेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त राष्ट्रपतिले विद्येयक अड्काए अदालत जानेसम्मको चेतावनी दिएका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


