Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउँदै महानगर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २४
पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै शनिबारदेखि अव्यवस्थित संरचना हटाउने तयारी गरेको छ ।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरेका छन्। पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैं स्थलगतरुपमा उत्रिनु परेको उनको भनाइ छ।

पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना बन्द गरिएको वडा कार्यालयले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स