Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २५
ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र  लाइसेन्स परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ ।

यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गरेमा मजाले लाइसेन्स हात पर्नेछ । बागमती प्रदेशमा आगामी असोज १ गतेबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्ड लागू हुँदैछ ।

नयाँ मापदण्डअनुसार प्रयोगात्मक ट्रायल  परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ । यसबाट पटक–पटक अनुत्तीर्ण भई लाइसेन्स प्राप्त गर्न नसकेकाहरूका लागि राहत हुने भएको छ ।

बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले नयाँ मापदण्ड कार्यान्वयनको तयारी भइरहेको जानकारी दिए । गोरखापत्र दैनिकबाट

naima expoTop Changing Nepal

युट्युब सट्स