खाली भयो टेकुको फोहोर स्टेसन
काठमाडौं । करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ । छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिए । उनका अनुसार चैत १५ गते त्यहाँको सबै फोहोरको व्यवस्थापन गरिएको थियो ।
उनले भने,’विभिन्न कारणले टेकुमा थुप्रिएको फोहोरको व्यवस्थापन हुनु एउटा ठूलो सफलता हो जस्तै लागेको छ । कुनै बाधा अवरोध हुँदैन भने अबका दिनमा त्यहाँ फोहोर थुप्रिँदैन । हरेक दिन टेकु स्टेसनमा सङ्कलन भई आएका फोहोरको व्यवस्थापन सोही दिन हुने भएको छ ।’
साउन २८ गतेदेखि नियमित रूपमा फोहोरको व्यवस्थापन हुँदै आएको छ। यस अवधिमा टेकुबाट दुई हजार टिप्पर फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लगेर विसर्जन गरिएको छ । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


