सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौँ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए । कार्कीले भने, हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।
एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन् । दलहरूको आ-आफ्नै अडानले गठबन्धनको पटक पटक बसेको बैठकमा सहमति जुट्न सकिरहेको छैन ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


