डेंगु बढेसँगै सिटामोलको अभाव, सरकार मौन
काठमाडौं । काठमाडौं लगायत नेपालका ७७ जिल्लाका मुख्य शहरहरूमा डेंगु ज्वरोको संक्रमणसँगै सिजनल फ्लुका बिरामी बढेका छन् । बिरामीको चाप बढेकै कारण अस्पतालका आईसीयू सघन उपचार कक्ष पाउन निकै मुस्किल भएको छ भने ज्वरो कम गर्न प्रयोग गरिने सिटामोल औषधिसमेत आवश्यकताअनुसार पूर्ति हुन सकेको छैन ।
बिरामीको संख्या वृद्धि भएर औषधि खपत धेरै भएको अवस्थामा औषधि उत्पादनमा भने वृद्धि नभएकै कारण यति बेला बिरामी र बिरामीका आफन्त सिटामोल औषधिको खोजीमा भौंतारिइरहेका छन् । यता सरकार भने औषधि पर्याप्त मात्रामा छ बाहिर अनावश्यक हल्ला चलेको मात्र हो भनिरहेको छ ।
ज्वरो आउँदा चिकित्सकको परामर्शबिनै नागरिकले सीधै औषधि पसलबाट सिटामल औषधि खरिद गर्ने भएकै कारण बजारमा अभाव भएको थाहा पाउनासाथ स्टक पनि खरिद गर्ने प्रचलनले पनि केही स्थानमा सिटामोल आवश्यकताअनुसार नपाइएको नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल बताउन्छन् ।
बरालले भने, ‘यति बेला कोभिड भन्दा डेंगुको महामारी बढेको छ । ९९ दशमलव ९ प्रतिशत सिटामोल नेपालले नै धानेको र शून्य दशमलव १ प्रतिशत विदेशबाट आउने गर्छ । नेपालमा यति बेला डेंगुका साथै सिजनल फ्लु पनि बढेको छ । सिटामोल मात्र नभई नेपालमा अहिले नर्मल सलायन र पुनर्जलीय झोल पनि सर्टेज भएको छ ।’सरकारसँग संघले विगत १० वर्षदेखि सिटामोल उत्पादनका लागि ल्याउने कच्चा पदार्थ भन्सारमै १ रुपैयाँ ३२ पैसा तिर्नुपर्छ भने ८० पैसामा बिलिङ गर्नुपर्छ ।
यस विषयमा सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा उनले सरकारले औषधिमा राजनीति गरेको आरोप लगाए । उनले सरकारसँग एउटा सिटामोलको मूल्य २ रुपैयाँ गर्ने या भन्सार छुट दिने दुईवटा विकल्पसहित माग पेस गरिएको छ । तर, वास्ता नगर्दा औषधि आवश्यकताअनुसार उत्पादन र पूर्तिमा कमि आएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


