छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ११ जना पक्राउ
काठमाडौं । झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन । झापाको मेचीनगर नगरपालिका(६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका(१६ बस्ने ३७ वर्षीय युशुफ सुब्वा लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धनुषाको मिथिला बिहारी नगरपालिका(२ बस्ने २१ वर्षीय शिव महरालाई नियन्त्रित लागूऔषध स्पास्मो ४६ ट्याब्लेट, एन्टीकप १८ ट्याब्लेट, प्रि९वेल ९५ ट्याब्लेट, सुनको मंगलसुत्र १ थान, चाँदीका विभिन्न सरसामान र नगद ७४ हजार ५ सय रुपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध, सामानहरू र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(३ हिलेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ करिब ७ सय २० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने दैलेख घर भएका ३१ वर्षीय रबिन शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङको थाक्रे गाउँपालिका(२ सिम्लेबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्रामसहित गल्छी गाउँपालिका९५ कोईलीखर्क बस्ने ३० वर्षीय ललित तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले प्र।३(०२(०११ प ४९३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछ एवं अनुसन्धानको क्रममा घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका(१५ आडा लाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३२ वर्षीय निश्चल बुढाथोकीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका(९ जिरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धूलो पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ चक्की र स्पासपेन ८५ चक्कीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मिलन बहादुर भण्डारी र २० वर्षीय अभिशेक लिम्बु रहेका छन् । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसी ६१ बोतलसहित भारत घर भएकी ३५ वर्षीया उमा देवी धानुकलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


